आईतवार, असार १४,२०८३ 10:58:16
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:58:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संविधान संशोधनका विषयमा युवापुस्तासँग संवाद गर्दै कार्यदल

Laxmi Sunrise Bank Limited
संविधान संशोधनका विषयमा युवापुस्तासँग संवाद गर्दै कार्यदल

काठमाण्डौं । सरकारले संविधान संशोधनसम्बन्धी विषयमा युवापुस्ताको धारणा, सुझाव र दृष्टिकोण संकलन गर्न जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग औपचारिक छलफल गर्ने भएको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले जेनजी आन्दोलनका २० जना प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलले आगामी शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित सगरमाथा हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

कार्यदल सचिवालयका अनुसार संविधान संशोधनका विभिन्न विषयमा युवाहरूको धारणा, अनुभव, सुझाव र अपेक्षा समेट्ने उद्देश्यले छलफल आयोजना गर्न लागिएको हो ।  

पछिल्लो समय संविधान संशोधनको बहस राजनीतिक वृत्तमा तीव्र भइरहेका बेला युवापुस्ताको सहभागिता सुनिश्चित गर्न जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग संवाद गर्न लागिएको जनाइएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

छलफलमा संघीयता, शासन प्रणाली, निर्वाचन प्रणाली, नागरिक अधिकार, समावेशिता, सुशासन, रोजगारी, शिक्षा, युवाको सहभागिता तथा राज्यका संरचनासम्बन्धी विषयमा सुझाव संकलन गरिने बताइएको छ ।  

कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने क्रममा विभिन्न क्षेत्र र समुदायसँग परामर्श गरिरहेको जनाएको छ ।

सचिवालयका अनुसार छलफलमा सहभागी प्रत्येक वक्तालाई आफ्नो धारणा राख्न तीन मिनेट समय उपलब्ध गराइनेछ ।  

मौखिक सुझावका साथै सहभागीहरूले लिखित रूपमा पनि आफ्ना सुझाव तथा धारणा पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक बनाउन राजनीतिक दल, नागरिक समाज, कानुनविद्, युवा समूह तथा विभिन्न सरोकारवाला निकायसँग क्रमशः संवाद अघि बढाइरहेको बताइएको छ ।  

जेनजी आन्दोलनका प्रतिनिधिसँगको छलफललाई पनि सोही प्रक्रियाको एक हिस्सा मानिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.