संविधान संशोधन बहसपत्रका लागि ४४ हजारभन्दा बढी सुझाव संकलन, कार्यकारी राष्ट्रपति र संघीय संरचना पुनरावलोकनमा सुझाव केन्द्रित
काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने उद्देश्यले गठन गरिएको कार्यदलले नागरिकस्तरबाट उल्लेख्य संख्यामा सुझाव प्राप्त गरेको जनाएको छ।कार्यदलका अनुसार हालसम्म संविधान संशोधनसँग सम्बन्धित विभिन्न विषयमा कुल ४४ हजार ६ सय १३ सुझाव संकलन भएका छन्।

