मंगलवार, श्रावण १९,२०८३ 12:31:59
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:31:59
Bizshala
Global IME Bank Limited

बालेन्द्र शाह संसदमा अनुपस्थित, नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने

बालेन्द्र शाह संसदमा अनुपस्थित, नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने
New Office

काठमाण्डौं । विपक्षीको दबाब र सभामुखको आग्रहका बाबजुद पनि प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ स्वयं नदिने भएका छन्।  

प्रतिनिधिसभाको संशोधित कार्यसूचीअनुसार अब प्रधानमन्त्रीको सट्टा डा। स्वर्णिम वाग्ले ले सरकारका तर्फबाट सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।

संसद सचिवालयले बिहीबार बिहान सार्वजनिक गरेको प्रारम्भिक कार्यसूचीमा प्रधानमन्त्री शाहले नै नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरूको जवाफ दिने उल्लेख थियो।  

तर, केही घण्टामै उक्त कार्यसूची संशोधन गर्दै अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको औपचारिक जानकारी गराइएको छ।

स्रोतका अनुसार सरकारभित्रको आन्तरिक छलफलपछि प्रधानमन्त्री स्वयं संसदमा उपस्थित हुने सम्भावना नदेखिएपछि कार्यसूची परिवर्तन गरिएको हो।  

यसले नीति तथा कार्यक्रममाथिको बहस अर्थमन्त्रीमार्फत अघि बढ्ने निश्चित भएको छ।

यसअघि बुधबार विपक्षी दलहरूले प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए।  

उनीहरूले प्रधानमन्त्री अनुपस्थित रहनु संसदीय अभ्यास र जनप्रतिनिधिमाथि असम्मान भएको आरोप लगाउँदै दिनभर अवरोध कायम राखेका थिए।

संसदमा उत्पन्न अवरोधपछि डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रयास गरेका थिए।  

सभामुखले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भई प्रत्यक्ष रूपमा स्पष्टता दिन आग्रह गरेको स्रोतले जनाएको छ।

तर, प्रधानमन्त्री शाह बिहीबार संसद बैठकमा उपस्थित हुन तयार नभएपछि सरकार पक्षले अन्ततः अर्थमन्त्रीमार्फत जवाफ दिने विकल्प अघि सारेको हो।

यो घटनाले संसदमा सत्ता र विपक्षबीचको तनाव थप चुलिएको छ।  

विपक्षी दलहरूले प्रधानमन्त्री संसदबाट पन्छिन खोजेको आरोप लगाउँदै उनी स्वयं उपस्थित नभएसम्म विरोध जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.