रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह चितवन पुगे, शक्तिखोरमा विश्रामपछि उद्घाटन समारोहमा सहभागी हुने
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्। रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा निमन्त्रणा पाएका शाह काठमाडौंबाट हवाईमार्ग हुँदै भरतपुर पुगेका हुन्।

