सोमबार, श्रावण १८,२०८३ 10:14:38
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:14:38
Bizshala
Global IME Bank Limited

रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह चितवन पुगे, शक्तिखोरमा विश्रामपछि उद्घाटन समारोहमा सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह चितवन पुगे, शक्तिखोरमा विश्रामपछि उद्घाटन समारोहमा सहभागी हुने
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।  

रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा निमन्त्रणा पाएका शाह काठमाडौंबाट हवाईमार्ग हुँदै भरतपुर पुगेका हुन्।

बुद्ध एयरको नियमित उडानमार्फत भरतपुर विमानस्थलमा अवतरण गरेका शाहलाई विमानस्थल परिसरमा सञ्चारकर्मी तथा सर्वसाधारणले चासोका साथ स्वागत गरेका थिए।  

विमानस्थलबाट बाहिरिने क्रममा उनी आफ्नी छोरीलाई काखमा बोकेको अवस्थामा देखिएका थिए।  

उनकी पत्नी सविना काफ्ले पनि साथमा रहेकी थिइन्। पारिवारिक उपस्थितिसहित सार्वजनिक कार्यक्रममा सहभागी हुन पुगेका शाहको आगमनले विमानस्थल क्षेत्रमा विशेष आकर्षण सिर्जना गरेको थियो।

भरतपुर विमानस्थलबाट बाहिरिएलगत्तै शाह कालिका नगरपालिकाको शक्तिखोरस्थित लटौली रिसोर्ट पुगेका छन्।  

महाधिवेशन उद्घाटन समारोह शुरु हुनुअघि केही समय विश्राम गर्ने तथा आवश्यक तयारी पूरा गर्ने उद्देश्यले उनी त्यहाँ पुगेको बताइएको छ।

प्रधामन्त्री शाहले रिसोर्टमा केही समय बिताएपछि महाधिवेशन उद्घाटनस्थलतर्फ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.