मंगलवार, जेष्ठ १२,२०८३ 05:14:17
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 05:14:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युरोपेली मुलुकका कूटनीतिज्ञसँग प्रधानमन्त्री शाहको सामूहिक भेट

Laxmi Sunrise Bank Limited
युरोपेली मुलुकका कूटनीतिज्ञसँग प्रधानमन्त्री शाहको सामूहिक भेट
Shivam Cement

काठमाण्डौं । बालेन्द्र शाहले मंगलबार युरोपेली संघ (ईयू) आबद्ध मुलुकका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग उच्चस्तरीय कूटनीतिक संवाद गरेका छन् ।  

प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ता नेपाल–ईयू सम्बन्धलाई थप सक्रिय र परिणाममुखी बनाउने विषयमा केन्द्रित थियो ।

Bizshala
New Office
CG Motors

छलफलमा युरोपेली संघ सम्बद्ध विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरू सहभागी थिए ।  

विकास साझेदारी, विदेशी लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन, सुशासन तथा आर्थिक सहकार्यका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री शाहले नेपाल आर्थिक सुधार, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढिरहेको सन्देश दिएको सचिवालयले जनाएको छ ।  

उनले नेपालसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन सरकार सकारात्मक रहेको धारणा राखेका थिए ।

Garima Development Bank
Shivam Cement
Bizshala

कूटनीतिक वृत्तमा यो भेटलाई नेपालप्रति युरोपेली मुलुकहरूको बढ्दो चासो र नयाँ सरकारसँग प्रत्यक्ष संवाद विस्तारको संकेतका रूपमा हेरिएको छ ।  

पछिल्लो समय नेपालमा लगानी, ऊर्जा, पर्यटन र जलवायु सहकार्यमा युरोपेली संघको सक्रियता बढ्दै गएको छ ।

यसअघि पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई सक्रिय बनाउने प्रयास गरेका थिए ।

 नेपालको नयाँ राजनीतिक तथा आर्थिक प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायसँग प्रत्यक्ष संवादलाई सरकारले महत्व दिइरहेको विश्लेषण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.