शनिबार, आश्विन १०,२०८३ 08:18:16
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 08:18:16
Bizshala
Global IME Bank Limited

नर्भिकमा एकीकृत क्यान्सर उपचार संस्थान स्थापना गर्ने घोषणा

Bizshala
नर्भिकमा एकीकृत क्यान्सर उपचार संस्थान स्थापना गर्ने घोषणा
New Office

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाण्डौमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ । नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ‘एकै छानामुनि समग्र उपचार सेवा’ को अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नर्भिकले उक्त संस्थानको स्थापना गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालमा आयोजित नर्सिङ अवार्ड कार्यक्रम समापनमा नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान स्थापनाको घोषणा गरेका थिए ।

करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने यो परियोजना करिब ३ वर्षभित्र सञ्चालनमा ल्याइने लक्ष्य राखिएको अस्पतालका निर्देशक मेघा चौधरीले बताइन् ।

क्यान्सर रोगको समग्र निदान, उपचार तथा अनुसन्धान एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित संस्थान स्थापना गर्न लागिएको निर्देशक चौधरीको भनाइ छ । ‘विश्वस्तरका दिशानिर्देशअनुसार उन्नत प्रविधिको प्रयोग गर्दै यस संस्थानमा विश्वसनीय निदान सेवा, शल्यक्रिया, किमोथेरापी, रेडियसन थेरापी तथा उपशामक सेवा (प्यालियटिभ केयर) उपलब्ध गराइनेछ,’ निर्देशक चौधरीले भनिन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनका अनुसार संस्थानबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका क्यान्सर बिरामीहरूका लागि मेडिकल, सर्जिकल, रेडियसन, हेमाटोलोजी तथा जेरियाट्रिक सेवाहरू, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा प्रदान गरिने छ ।

संस्थानमा अनुसन्धानात्मक र शैक्षिक गतिविधि समेत सञ्चालन गरिने निर्देशक चौधरीले जानकारी दिइन् ।

जस अन्तर्गत क्यान्सर मनोविज्ञान, जेनोमिक्स लगायत अन्य विशिष्टीकृत अनुसन्धान कार्य अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शिक्षण संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।

नर्भिकले आगामी दिनमा क्यान्सर उपचारमा विश्वव्यापी रूपमै भैरहेको नवीनतम प्रविधिको विकास र प्रयोगलाई नेपालमा समेत परिचित गराउन अमेरिका, सिंगापुर र भारतका अग्रणी क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रहरूसँग परस्पर सहकार्य गर्ने जनाइएको छ । संस्थान मार्फत चिकित्सक तथा वैज्ञानिकबीच प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदान गरिने निर्देशक चौधरीले बताइन्।

‘नेपालमा एकीकृत र विस्तारित क्यान्सर उपचारको विश्वसनीय थलोको अभावका कारण उल्लेखनीय संख्यामा बिरामीहरू विदेश जान बाध्य छन् । यसबाट वर्षेनी अरबौं रुपैयाँ विदेशिने गरेको छ ।’ निर्देशक चौधरीले भनिन्, ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानको स्थापना पश्चात् यो निर्भरता घट्ने र स्वदेशमै विश्वस्तरीय क्यान्सर उपचार सेवा सहज हुने हाम्रो अपेक्षा छ ।’

संस्थान स्थापनाबारे नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीसँग प्रश्न उत्तर

यस संस्थानले कस्ता सेवाहरू प्रदान गर्नेछ ?

नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानले मेडिकल, सर्जिकल, रेडियसन तथा हेमाटोलोजीसँग सम्बन्धित सम्पूर्ण क्यान्सर सेवाहरू बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि प्रदान गर्नेछ ।

नेपाली बिरामीहरू विदेश जानु बाध्यता हो कि रोजाइ ?

धेरैजसो अवस्थामा यो रोजाइभन्दा पनि बाध्यता हो । नेपालमा एकीकृत र विशिष्टीकृत क्यान्सर उपचार सेवा एउटै स्थानमा उपलब्ध नभएकाले बिरामीहरू विदेश जान बाध्य हुन्छन् ।

अन्तर्राष्ट्रिय सहकार्यको भूमिका के हुनेछ ?

अन्तर्राष्ट्रिय सहकार्य अत्यन्तै महत्वपूर्ण छ । यस्ता सहकार्यले चिकित्सकहरूबीच सहकार्य र नयाँ ज्ञान तथा प्रविधिमा पहुँच सुनिश्चित गर्छ ।

परियोजनाका लगानी र समयावधि कति छ ?

प्रारम्भिक अनुमान अनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानी गरिनेछ र सबै कुरा योजनाअनुसार अगाडि बढेमा ३ वर्षभित्र सञ्चालनमा ल्याइनेछ ।

के यो केवल व्यावसायिक परियोजना हो ?

यो केवल व्यावसायिक परियोजना होइन । यो हाम्रो दीर्घकालीन संस्थागत प्रतिबद्धता हो । देशप्रतिको जिम्मेवारी हो । हाम्रो लक्ष्य बिरामीको उपचारको गुणस्तर र निरन्तरता, सर्वसाधारणको सहज पहुँच र नेपालको स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.