शनिबार, असार १३,२०८३ 07:23:45
Bizshala
  • शनिबार, असार १३,२०८३ 07:23:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वैशाखमा बढ्यो घरजग्गा कारोबार र राजश्व संकलन

Laxmi Sunrise Bank Limited
वैशाखमा बढ्यो घरजग्गा कारोबार र राजश्व संकलन

काठमाण्डौ । वैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत महिना देशभर घरजग्गा कारोबारबाट सरकारले ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिसम्म भने सरकारले घरजग्गा कारोबारमार्फत ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ राजश्व उठाएको थियो ।

New Office
CG Motors
Garima Development Bank

२०८२ चेत महिनामा भने सरकारले ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैशाख महिनामा ५८ हजार ८८६ लिखत पारित भएको छ । गत वर्षको सोही अवधिमा भने ५२ हजार ४१५ लिखत पास भएको थियो । यस्तै गत चैतमा भने ५५ हजार ५३१ लिखत पारित भएको विभागको तथ्यांकले देखाउँछ ।

वैशाखमा सबैभन्दा बढी लिखत पास दाङ जिल्लामा भएको छ । दाङको तिनवटा भूमि प्रशासन कार्यालयबाट वैशाख महिनामा ३ हजार ३७८ वटा लिखत पारित भएको छ । यस्तै मोरङबाट ३ हजार ३०४ वटा र झापाबाट ३ हजार ७५ लिखत पारित भएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.