मंगलवार, श्रावण १९,२०८३ 02:21:11
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:21:11
Bizshala
Global IME Bank Limited

सर्वोच्च प्रशासनमाथि बारको गम्भीर आरोप: “समानान्तर न्याय प्रशासन” भन्दै मंगलबार ‘लालटिन बाली’ सांकेतिक विरोध गर्ने

सर्वोच्च प्रशासनमाथि बारको गम्भीर आरोप: “समानान्तर न्याय प्रशासन” भन्दै मंगलबार ‘लालटिन बाली’ सांकेतिक विरोध गर्ने
New Office

काठमाण्डौँ । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेशसमेत कार्यान्वयन नगरेको बिषयलाई अदालतभित्र प्रशासनिक हस्तयक्षेप र “समानान्तर न्याय प्रणाली” जस्तो अवस्था सिर्जना भएको भन्दै न्यायिक स्वतन्त्रता र संवैधानिक प्रक्रियामाथि प्रश्न उठेको बताएको छ ।

बारले संवैधानिक महत्वका रिट निवेदनहरू सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्ने, ‘दरपीठ’ गरेर फर्काउने तथा आदेश भएपनि दर्ता प्रक्रिया अगाडि नबढाउने प्रवृत्तिले नागरिकको न्याय पहुँचमा अवरोध पुगेको ठहर गरेको छ । 

विशेषगरी प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर गर्न खोजिएका रिट दर्ता नभएपछि विवाद थप चर्किएको हो ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दर्ता गरी पेसी तोक्न दिएको लिखित आदेश समेत कार्यान्वयन नभएको दाबी गर्दै बारले सर्वोच्च प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ ।  

बारका महासचिव केदारप्रसाद कोइरालाले यस्तो अवस्थालाई न्याय प्रशासनकै गम्भीर विचलनको संकेत बताएका छन् ।

तर, सर्वोच्च प्रशासननिकट पक्षले भने दर्ता प्रक्रियामा कानूनी तथा प्राविधिक जटिलता देखिएकाले सावधानी अपनाइएको दाबी गरेको छ ।

यसैबीच नेपाल बार एशोसिएशनले मंगलबार ‘लालटिन बाली’ सांकेतिक विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।  

बारले न्यायिक स्वतन्त्रता, पारदर्शिता र संवैधानिक प्रक्रियाको संरक्षणका लागि आन्दोलन जारी रहने जनाएको छ ।

बारले यो विवादलाई सामान्य प्रशासनिक विषय नभई न्यायपालिकाको विश्वसनीयता र संवैधानिक प्रणालीसँग जोडिएको गम्भीर मुद्दा भएको बताएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.