सोमबार, असार १५,२०८३ 01:56:30
Bizshala
  • सोमबार, असार १५,२०८३ 01:56:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

झापामा ५७० ग्राम सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय पक्राउ

Laxmi Sunrise Bank Limited
झापामा ५७० ग्राम सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय पक्राउ

काठमाण्डौं । झापाको पूर्वी सीमा नाका काँकरभिट्टाबाट ठूलो परिमाणमा अवैध सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने क्रममा सुरक्षा जाँचमा खटिएको संयुक्त टोलीले शंकास्पद गतिविधि देखेपछि विस्तृत जाँच गर्दा उनीबाट करिब डेढ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन तथा अमेरिकी डलर बरामद भएको हो ।

New Office
CG Motors
Garima Development Bank

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्य, कोलकाताका ३९ वर्षीय परम पाठक रहेका छन् ।  

उनी भारतबाट सिटी सफारीमार्फत नेपालतर्फ प्रवेश गर्दै गरेका बेला मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा भन्सार ढाँटमा सुरक्षाकर्मीको निगरानीमा परेका थिए ।  

नियमित चेकजाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि सुरक्षाकर्मीले थप खानतलासी गरेका थिए ।  

त्यसक्रममा उनीसँग लुकाइछिपाइ ल्याइएको सुन तथा विदेशी मुद्रा फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ ।

यो अपरेशन सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको नेतृत्वमा सञ्चालन गरिएको थियो । 

उक्त टोलीमा सशस्त्र प्रहरीका ९ जना र मेची भन्सार कार्यालयका ६ जना कर्मचारी गरी १५ जनाको संयुक्त सहभागिता रहेको बताइएको छ ।  

सीमावर्ती क्षेत्रमा पछिल्लो समय अवैध कारोबार बढ्न थालेपछि सुरक्षा निगरानीलाई कडा बनाइएको र सोही क्रममा यो सफलता हासिल भएको जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका पाठकको साथबाट ५७० ग्राम सुन बरामद गरिएको छ ।  

उक्त सुनको अनुमानित बजार मूल्य १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबर रहेको छ ।  

त्यस्तै, उनीसँगै २० हजार अमेरिकी डलर पनि फेला परेको छ, जसको नेपाली मूल्य करिब ३० लाख ६५ हजार रुपैयाँ बराबर हुने सुरक्षा निकायले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका अतिरिक्त उनको साथबाट ८५ हजार ४१० भारतीय रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।  

प्रहरीले पाठकसँग रहेका विभिन्न व्यक्तिगत तथा विद्युतीय सामग्री पनि नियन्त्रणमा लिएको जनाएको छ ।  

बरामद सामग्रीमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स), भारतीय आधार कार्ड, दुई थान मोबाइल फोन (भिभो र सामसुङ), एउटा हार्ड डिस्क, सिम कार्ड, भिसा कार्ड तथा चेकसमेत रहेका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार सीमावर्ती क्षेत्र हुँदै अवैध रूपमा सुन तथा विदेशी मुद्रा भित्र्याउने प्रयास भइरहेका सूचनाका आधारमा निगरानी बढाइएको थियो ।

काँकरभिट्टा नाका नेपाल–भारत व्यापार तथा आवतजावतको मुख्य नाकामध्ये एक भएकाले तस्करी नियन्त्रणका लागि सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइएको जनाइएको छ ।

प्रहरीले बरामद सुन तथा विदेशी मुद्राको स्रोत, ओसारपसारको उद्देश्य र यसमा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

पक्राउ परेका परम पाठकलाई बरामद गरिएका सम्पूर्ण सामग्रीसहित आवश्यक कानूनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र अवैध सुन तथा विदेशी मुद्रा कारोबारमा संलग्न सम्भावित सञ्जालबारे पनि सुरक्षा निकायले अनुसन्धान गरिरहेको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.