सोमबार, असार १५,२०८३ 01:56:12
Bizshala
  • सोमबार, असार १५,२०८३ 01:56:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ फेरि उकालो, प्रतितोला दुई लाख ९५ हजार नाघ्यो

Laxmi Sunrise Bank Limited
सुनको भाउ फेरि उकालो, प्रतितोला दुई लाख ९५ हजार नाघ्यो

काठमाण्डौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य फेरि बढेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव स्थानीय बजारमा पनि परेसँगै बहुमूल्य धातुको कारोबार महँगिएको हो । 

New Office
CG Motors
Garima Development Bank

पछिल्ला दिनहरूमा निरन्तर उतारचढाव भइरहेको सुनचाँदी बजारमा आज पनि मूल्य उकालो लागेको देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले वृद्धि हुँदै दुई लाख ९५ हजार तीन सय रूपैयाँ कायम भएको छ ।  

सोमबार यही सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भएको थियो ।

लगातार दोस्रो दिन सुनको मूल्य बढेको हो । यसअघि सोमबार मात्रै सुनको भाउ प्रतितोला आठ सय रूपैयाँले उकालो लागेको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।  

सोमबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक दिनमै चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ ।  

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार पाँच सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, अमेरिकी डलरको उतारचढाव तथा सुरक्षित लगानीका रूपमा सुनप्रतिको आकर्षण बढ्दा मूल्यमा चाप परेको बताइन्छ ।

पछिल्लो समय विवाहको मौसम र चाडपर्व नजिकिँदै जाँदा सुनको माग बढ्न थालेको छ ।  

बजारमा माग बढ्दै जाँदा आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा थप उतारचढाव हुन सक्ने अनुमान व्यवसायीहरूले गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.