सोमबार, असार १५,२०८३ 12:13:23
Bizshala
  • सोमबार, असार १५,२०८३ 12:13:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ललितपुरमा विदेशी रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, चार पक्राउ, ठूलो परिमाणमा सामग्री बरामद

Laxmi Sunrise Bank Limited
ललितपुरमा विदेशी रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, चार पक्राउ, ठूलो परिमाणमा सामग्री बरामद

काठमाण्डौं ।  सशस्त्र प्रहरी बल नेपालले ललितपुरबाट नक्कली विदेशी ब्रान्डका मदिरा उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।  

विदेशी कम्पनीका चर्चित मदिराको नाम र लेबल प्रयोग गरेर अवैध रूपमा रक्सी उत्पादन भइरहेको सूचनापछि गरिएको विशेष अपरेशनमा उनीहरू पक्राउ परेका हुन् ।

New Office
CG Motors
Garima Development Bank

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछाप खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन् ।  

उनीहरूलाई ललितपुर महानगरपालिका–७ चाँगाथलीस्थित एक घरबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घरलाई नक्कली मदिरा उत्पादन, भण्डारण तथा प्याकिङ गर्ने केन्द्रका रूपमा प्रयोग गरिएको थियो ।  

प्रारम्भिक अनुसन्धानमा रेड लेबल, ब्ल्याक लेबललगायत महँगा विदेशी ब्रान्डको नाममा नक्कली मदिरा तयार पारेर बजारमा पठाउने गरिएको खुलेको छ ।

सशस्त्र प्रहरीले गोप्य सूचनाका आधारमा केही दिनदेखि उक्त स्थानमाथि निगरानी गर्दै आएको थियो ।  

त्यसपछि गरिएको छापामार कारबाहीका क्रममा ठूलो मात्रामा नक्कली मदिरा, खाली सिसी, नक्कली स्टिकर, ब्रान्डेड लेबल, प्याकेजिङ सामग्री तथा उत्पादनमा प्रयोग हुने विभिन्न उपकरण बरामद गरिएको जनाएको छ ।

अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरूका अनुसार कम गुणस्तरको मदिरालाई विदेशी ब्रान्डको बोतलमा भरेर बजारमा महँगो मूल्यमा बिक्री गर्ने गरिएको आशंका गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आकर्षक प्याकेजिङ र नक्कली लेबल प्रयोग गरेर उपभोक्तालाई झुक्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले यस्ता नक्कली मदिराले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ ।  

गुणस्तर परीक्षणबिना उत्पादन गरिएका मदिरामा हानिकारक तत्व मिसिएको हुनसक्ने भएकाले सेवन गर्दा स्वास्थ्य जोखिम बढ्न सक्ने जनाइएको छ ।

बरामद गरिएका सामग्रीको परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।  

साथै नक्कली मदिराको उत्पादन सञ्जाल, वितरण प्रणाली र यसमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

पक्राउ परेका चारै जनामाथि अवैध मदिरा उत्पादन, राजस्व छलली तथा उपभोक्ता ठगीसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  

पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा नक्कली मदिराको अवैध कारोबार बढ्दै गएको भन्दै प्रहरीले निगरानी थप कडा बनाइएको जानकारी दिएको छ ।

सुरक्षा निकायले उपभोक्तालाई मदिरा खरिद गर्दा आधिकारिक विक्रेता र विश्वसनीय पसलबाट मात्रै खरिद गर्न तथा बोतलको सिल, लेबल र प्याकेजिङ राम्रोसँग जाँच गर्न आग्रह गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.