बुधबार, जेष्ठ ६,२०८३ 03:24:09
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:24:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दैलेख पेट्रोलियम परियोजनाका लागि पूर्वाधार सुधार गर्न कांग्रेस प्रमुख सचेतक थापाको सरकारलाई ध्यानाकर्षण

Laxmi Sunrise Bank Limited
दैलेख पेट्रोलियम परियोजनाका लागि पूर्वाधार सुधार गर्न कांग्रेस प्रमुख सचेतक थापाको सरकारलाई ध्यानाकर्षण
Shivam Cement

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखमा जारी पेट्रोलियम अन्वेषण परियोजनालाई राष्ट्रिय ऊर्जा सम्भावनासँग जोडिएको महत्वपूर्ण पहल भन्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताएकी छिन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कर्णाली प्रदेशको रणनीतिक महत्व बोकेको दैलेख पेट्रोलियम परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउन सुर्खेत–दैलेख सडकखण्डको तत्काल स्तरोन्नति र विस्तार अनिवार्य रहेको धारणा राखिन्।  

 

Bizshala
New Office
CG Motors

उनका अनुसार अहिले उक्त सडक साँघुरो, जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेकाले केवल विकास परियोजनाको कार्यान्वयन मात्र नभई जनजीवन र यातायात सुरक्षामै प्रत्यक्ष जोखिम बढाएको छ।

सचेतक थापाले दैलेखमा भइरहेको पेट्रोलियम अन्वेषणलाई मुलुकको दीर्घकालीन ऊर्जा सुरक्षा र आर्थिक आत्मनिर्भरतासँग जोडिएको अवसरका रूपमा व्याख्या गर्दै यस्तो परियोजनालाई सफल बनाउन राज्यले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।  

Garima Development Bank
Shivam Cement
IME remit

सडकको कमजोर अवस्था कायम रहँदा भारी उपकरण ढुवानी, प्राविधिक जनशक्तिको आवतजावत तथा परियोजनाको समग्र सञ्चालन प्रक्रिया प्रभावित हुने उनको भनाइ थियो।

सचेतक थापाले दैलेखलाई केवल विकास परियोजनाको क्षेत्रका रूपमा मात्र नभई समग्र कर्णाली प्रदेशको सामाजिक र आर्थिक रूपान्तरणसँग जोडेर हेर्नुपर्ने बताउँदै सडक, स्वास्थ्य र आधारभूत सेवामा ठोस सुधारका लागि सरकार तत्काल सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X