मंगलवार, श्रावण १९,२०८३ 01:01:32
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:01:32
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक संसदमा पेस

प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक संसदमा पेस
New Office

काठमाण्डौं । सरकारले निर्वाचनसम्बन्धी कानूनी ढाँचा परिमार्जन गर्ने उद्देश्यसहित ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा दर्ता तथा पेस गरेको छ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक औपचारिक रूपमा पेस गरेकी हुन्। 

विधेयकमार्फत निर्वाचन प्रक्रिया, व्यवस्थापन तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित र समसामयिक बनाउने लक्ष्य राखिएको छ।

त्यसैगरी सोही बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि पेस गरिएको छ।  

यस विधेयकले मतदाता नामावली संकलन, अद्यावधिक प्रक्रिया र मतदाता व्यवस्थापनलाई अझ सरल, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सरकारले दुवै विधेयकलाई निर्वाचन प्रणाली सुधारको महत्वपूर्ण कदमका रूपमा अघि सारेको छ।

कानूनी तथा प्रशासनिक प्रक्रियामा सुधार ल्याएर आगामी निर्वाचनलाई अझ विश्वसनीय र व्यवस्थित बनाउने उद्देश्य रहेको बताइएको छ।

यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.