मंगलवार, आश्विन २०,२०८३ 04:26:38
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 04:26:38
Bizshala
Global IME Bank Limited

डाबर हनि खान अयोग्य, बजारबाट फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Bizshala
डाबर हनि खान अयोग्य, बजारबाट फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
New Office

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालले उत्पादन गरेको ‘हनी’ गुणस्तरहीन भेटिएको भन्दै उपभोक्तालाई प्रयोग नगर्न आग्रह गरेको छ। विभागले उक्त उत्पादन बजारबाट तत्काल फिर्ता (रिकल) गर्न समेत कम्पनीलाई निर्देशन दिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विभागले मंगलबार सूचना जारी गर्दै बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ‘हनी’ न्यून गुणस्तरको पाइएको जनाएको हो। विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गरिएको परीक्षणमा उक्त उत्पादन तोकिएको मापदण्डअनुसार नभेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

सूचनाअनुसार डाबर ब्राण्डको ५०० ग्राम प्याकिङ भएको ‘हनी’ परीक्षणमा गुणस्तरहीन देखिएको हो। उक्त उत्पादनको ब्याच नम्बर NB00477 रहेको विभागले जनाएको छ। उत्पादन मिति सन् २०२५ डिसेम्बर उल्लेख गरिएको सो उत्पादनको उपभोग अवधि १८ महिना रहेको छ।

विभागले सम्बन्धित कम्पनीलाई उक्त ब्याचका उत्पादन तत्काल बजारबाट फिर्ता ल्याउन र थप बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। साथै, उपभोक्तालाई पनि उक्त उत्पादन प्रयोग नगर्न आग्रह गरिएको छ।

उक्त उत्पादन डाबर नेपाल प्रालि, बिशालनगर काठमाडौंले उत्पादन गरेको सूचनामा उल्लेख छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय बजारमा खाद्य वस्तुको गुणस्तर परीक्षणलाई कडाइ गर्दै आएको जनाएको छ। विभागका अधिकारीहरूका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खाद्य सामग्रीमा कुनै सम्झौता नगर्ने नीति अनुरूप अनुगमनलाई तीव्र बनाइएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.