मंगलवार, श्रावण १९,२०८३ 01:04:50
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:04:50
Bizshala
Global IME Bank Limited

तारकेश्वर नगरपालिकाले तिनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण हटायो

तारकेश्वर नगरपालिकाले तिनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण हटायो
New Office

काठमाण्डौँ । काठमाडौँ उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिकाले तिनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउँदै डोजर प्रयोग गरी भत्काएको छ।

नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई तीव्र बनाउने क्रममा उक्त स्थानमा अनधिकृत रूपमा निर्माण गरिएका भौतिक संरचनामाथि कारबाही गरेको हो।

स्थानीय तहले सार्वजनिक जग्गा कब्जा गरी बनाइएका संरचनाहरू हटाएर सरकारी तथा सामुदायिक जग्गा फिर्ता गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

नगरपालिकाका अनुसार तिनपिप्ले क्षेत्रमा लामो समयदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी विभिन्न संरचना निर्माण गरिएको गुनासो आएपछि आवश्यक प्रक्रिया पूरा गरी डोजर परिचालन गरिएको हो।  

सो क्रममा अनधिकृत संरचना भत्काइएपछि सार्वजनिक जग्गा खाली गराइएको बताइएको छ।

 

नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, अवैध अतिक्रमण नियन्त्रण तथा शहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। 

स्थानीय सरकारका अनुसार सार्वजनिक जग्गा कुनै पनि व्यक्तिले निजी प्रयोजनका लागि प्रयोग गर्न नपाउने स्पष्ट नीति अनुसार कारबाही अघि बढाइएको हो।

तारकेश्वर नगरपालिकाले नागरिकलाई सार्वजनिक जग्गा अतिक्रमण नगर्न र विकास तथा शहरी योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह समेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.