बुधबार, असार १०,२०८३ 08:05:51
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:05:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने

काठमाण्डौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ।  

बैठक दिउँसो १ बजे शुरु हुने र त्यसमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल अघि बढाइने कार्यसूची रहेको छ।

New Office
CG Motors
Garima Development Bank

संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल शुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

अर्थमन्त्रीको प्रस्तावपछि प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल औपचारिक रूपमा प्रारम्भ हुनेछ।  

छलफलका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले बजेटका प्राथमिकता, नीति, कार्यक्रम तथा विनियोजनका विषयमा आ–आफ्ना धारणा राख्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत गरेको थियो।  

त्यसयता संसद्मा बजेटमाथिको छलफल चरणबद्ध रूपमा अघि बढिरहेको छ।

संसद् सचिवालयका अनुसार सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत शीर्षकहरूमा विस्तृत तथा दफावार छलफल गर्ने कार्यतालिका पनि तय गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.