मंगलवार, श्रावण ५,२०८३ 07:48:18
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 07:48:18
Bizshala
Global IME Bank Limited

अमेरिकामा आर्थिक असमानता झन् गहिरिँदैः धनी झन् धनी, मध्यम तथा न्यून आय वर्ग भने पछि पर्दै

अमेरिकामा आर्थिक असमानता झन् गहिरिँदैः धनी झन् धनी, मध्यम तथा न्यून आय वर्ग भने पछि पर्दै
New Office

काठमाण्डौ । अमेरिकाको अर्थतन्त्र लामो समयदेखि दुई फरक दिशामा अघि बढिरहेको देखिएको छ। अर्थशास्त्रीहरूले यस अवस्थालाई ‘के आकारको अर्थतन्त्र  भनेर वर्णन गर्ने गरेका छन्, जहाँ उच्च आय भएका नागरिकहरू तीव्र गतिमा सम्पन्न बन्दै गएका छन् भने मध्यम तथा न्यून आय भएका वर्गहरू तुलनात्मक रूपमा पछाडि परिरहेका छन्।

अमेरिकी केन्द्रीय बैंक‘फेडरल रिजर्भ’ का अनुसार सन् १९८९ मा अमेरिकाका शीर्ष १० प्रतिशत आय भएका परिवारसँग देशको कुल सम्पत्तिको ३२ प्रतिशत हिस्सा थियो। सन् २०२५ सम्म आइपुग्दा यो हिस्सा बढेर ६८ प्रतिशत पुगेको छ।

पछिल्ला तीन वर्षमा सबै आय वर्गका अमेरिकीहरूको सम्पत्ति बढेको देखिए पनि वृद्धि दरमा ठूलो अन्तर रहेको छ। शीर्ष १ प्रतिशत परिवारको कुल सम्पत्ति करिब ३० प्रतिशतले बढ्दा मध्यम ४० प्रतिशत वर्गको सम्पत्ति १० प्रतिशतभन्दा कमले मात्र वृद्धि भएको छ।

विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण आवास बजार, सेयर बजार तथा मुद्रास्फीति हुन्।

घर र सेयरबाट धनी वर्गलाई ठूलो लाभ

अमेरिकाको कुल आवासीय सम्पत्तिमध्ये आधाभन्दा बढी मूल्यको घर शीर्ष २० प्रतिशत परिवारको स्वामित्वमा रहेको छ। पछिल्ला वर्षहरूमा घरको मूल्य उल्लेखनीय रूपमा बढेपछि उनीहरूको सम्पत्ति पनि तीव्र गतिमा बढ्यो।

त्यसैबीच, बढ्दो गृहकर्जा ब्याजदरका कारण न्यून तथा मध्यम आय भएका नागरिकहरू घर खरिद गर्न झन् कठिन अवस्थामा पुगेका छन्। अमेरिकाको कुल घर मूल्यको केवल ३ प्रतिशत हिस्सा मात्र तल्लो २० प्रतिशत परिवारको स्वामित्वमा रहेको छ।

कोभिड–१९ महामारीपछि ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा धेरै घरधनीहरूले पुनःवित्तीयकरण मार्फत करिब ४३० अर्ब डलर बराबरको अतिरिक्त घर सम्पत्ति उपयोग गर्न सकेका थिए, जसले उनीहरूलाई थप आर्थिक लाभ प्रदान गर्यो।

त्यस्तै, अमेरिकाको वित्तीय सम्पत्तिको तीन–चौथाइभन्दा बढी हिस्सा शीर्ष २० प्रतिशत परिवारको नियन्त्रणमा छ। सेयर बजारको प्रमुख सूचक एस एण्ड पी ५०० पछिल्ला तीन वर्षमा ८६.२ प्रतिशतले बढेको छ, जसको प्रत्यक्ष लाभ मुख्यतः धनी वर्गले उठाएको छ।

मुद्रास्फीतिको भार गरिबमाथि बढी

मुद्रास्फीतिको प्रभाव पनि सबै आय समूहमा समान छैन। न्यून आय भएका परिवारले आफ्नो आम्दानीको ठूलो हिस्सा खाद्यान्न, भाडा तथा अन्य आधारभूत आवश्यकतामा खर्च गर्ने भएकाले मूल्यवृद्धिको मार उनीहरूलाई बढी परेको छ।

सन् २००५ देखि २०२३ सम्म तल्लो २० प्रतिशत आय वर्गले उपभोग गर्ने वस्तु तथा सेवाको मूल्य ५७ प्रतिशतले बढेको थियो भने शीर्ष २० प्रतिशत वर्गका लागि यो वृद्धि ४६ प्रतिशतमा सीमित रहेको अध्ययनले देखाएको छ।

खर्च गर्ने क्षमता पनि फरक

वार्षिक ४० हजार डलरभन्दा कम आम्दानी भएका अमेरिकी परिवारहरूले जनवरी २०२३ देखि आफ्नो खर्च कटौती गर्न थालेका थिए। उनीहरूको वास्तविक खर्च पछिल्ला तीन वर्षमा केवल १.३ प्रतिशतले बढेको छ।

विपरीत रूपमा, वार्षिक १ लाख २५ हजार डलरभन्दा बढी आम्दानी गर्ने परिवारहरूको खर्च ७.६ प्रतिशतले वृद्धि भएको छ। उच्च आय वर्गको बलियो उपभोगले बजारमा माग कायम राख्दा वस्तु तथा सेवाको मूल्य पनि अपेक्षाकृत उच्च रहन मद्दत पुगेको विश्लेषकहरू बताउँछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.