सोमबार, असार १५,२०८३ 04:59:22
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:59:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खाद्य विभागको आकस्मिक अनुगमन, अखाद्य वस्तु बेच्नेलाई कारबाही

Laxmi Sunrise Bank Limited
खाद्य विभागको आकस्मिक अनुगमन, अखाद्य वस्तु बेच्नेलाई कारबाही

काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाण्डौ, हेटौँडा र बाराका विभिन्न खाद्य उद्योग, होटल तथा रेस्टुरेन्टमा आकस्मिक अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर लापर्बाही फेला पारेपछि अखाद्य वस्तु नष्ट गर्नुका साथै सम्बन्धित व्यवसायीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

विभागको संयुक्त टोलीले मोबाइल घुम्ती प्रयोगशालामार्फत गरेको अनुगमनका क्रममा हेटौँडा र बाराका केही होटल तथा रेस्टुरेन्टमा अखाद्य तेल तथा कृत्रिम रङको प्रयोग भएको, साथै तेल पटक–पटक प्रयोग गरिँदा ट्रान्स पोलार मेटेरियल(टीपीएम)को मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको जनाएको छ।

अनुगमनका क्रममा हेटौँडास्थित हेटौँडा भेटघाट रेस्टुरेन्ट मा प्रयोग भइरहेको तेलको परीक्षण गर्दा टीपीएम ४५ मापन गरिएको थियो, जुन स्वीकृत मापदण्डविपरीत रहेको विभागले जनाएको छ। उक्त रेस्टुरेन्टबाट म्याद नाघेको चाउमिन र रोस्टसमेत नष्ट गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी दुबई रेस्टुरेन्ट एन्ड होटल तथा लोकप्रिय भोजनालय मा खाद्य पदार्थमा कृत्रिम तथा अखाद्य रङ प्रयोग गरिएको फेला परेको विभागले जनाएको छ। बाराको निजगढस्थित चुँकी रेस्टुरेन्ट बाट बेकरी सर्टेनिङ तथा गुणस्तरहीन तेलसमेत नष्ट गरिएको छ।

काठमाण्डौको बुढानीलकण्ठस्थित आहाना फुड एन्ड बेभरेज मा प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा उद्योग स्थानान्तरणको प्रक्रियामा रहेको पाइएको छ। विभागले उद्योगलाई दुग्धजन्य पदार्थको खरिद–बिक्रीसम्बन्धी अभिलेख व्यवस्थित र अद्यावधिक राख्न निर्देशन दिएको छ।

यस्तै युसा डेरीमा सरसफाइ तथा पेस्ट कन्ट्रोलको अवस्था सन्तोषजनक नदेखिएपछि विभागले तीन दिनभित्र उपस्थित भई स्पष्टीकरण दिन निर्देशन दिएको छ। साथै, थप परीक्षणका लागि घिउको नमुना सङ्कलन गरिएको विभागले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अनुगमनका क्रममा कैफियत भेटिएका उद्योग तथा व्यवसायलाई सुधारका लागि सात दिनको समयसीमा प्रदान गरिएको छ। निर्धारित अवधिभित्र सुधार नगरे प्रचलित कानुनअनुसार थप कारबाही गरिने विभागले चेतावनी दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.