मंगलवार, असार १६,२०८३ 11:29:58
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:29:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फाइनान्स समूहको चार्म घट्दै, लगानीकर्ता उत्पादन तथा प्रशोधन सेक्टरमा सिफ्ट हुँदै

Laxmi Sunrise Bank Limited
फाइनान्स समूहको चार्म घट्दै, लगानीकर्ता उत्पादन तथा प्रशोधन सेक्टरमा सिफ्ट हुँदै

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा फाइनान्स समूहको रौनक घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय तथ्याङ्कअनुसार फाइनान्स समूहको सेयर कारोबार सर्वाधिक खुम्चिएको छ ।

वैशाख मसान्तसम्म यो समूहको कुल ४६ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७१.३७ प्रतिशत कम हो ।

गत वर्ष वैशाखसम्म फाइनान्स कम्पनीहरुको १ खर्ब ६१ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

केही समययता बजारमा लगानीकर्ताहरु नयाँ कम्पनीतर्फ बढी आकर्षित देखिन्छन् । बजारमा आएका नयाँ कम्पनीहरु अधिकांश होटल तथा पर्यटन समूह, हाइड्रो समूह र उत्पादन तथा प्रशोधन समूहका छन् ।

New Office
CG Motors
Garima Development Bank

बजारमा दीर्घकालिन लगानीकर्ता भन्दा ‘ट्रेडरहरु’बढी हाबी भएकाले ‘छोटो अवधिका’ लगानीमा नयाँ कम्पनीहरु नै बढी रोजाईमा पर्ने विज्ञहरु बताउँछन् । गत वर्षसम्म फाइनान्स समूहका केही कम्पनीमा लगानीकर्ताको ‘चार्म’ निकै देखिन्थ्यो ।

नेपाल फाइनान्स, वेष्ट फाइनान्स र पोखरा फाइनान्स जस्ता ‘लो क्याप’मा गनिने कम्पनीहरुमा लगानीकर्ताहरु आकर्षित थिए । केही फाइनान्स कम्पनीलाई लिएर बजारमा निकै चलखेल समेत भएको थियो ।

तर पछिल्लो केही समययता सो समूहका त्यति रौनक देखिदैन । घट्दो बजारमा  प्राय सबै समूह चल्न नसक्दा नयाँ आएका कम्पनीहरुमा भने लगानीकर्ताको आकर्षण बढ्दो देखिएको छ ।

गत वर्षको तुलनामा सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको सेयर कारोबार बढेको छ । गत वर्षको वैशाखसम्म ६८ अर्ब २२ करोड ५२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको यो समूहको यस वर्षको सोही अवधिसम्म १ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँमथिको सेयर कारोबार भएको छ । यसर्थ एक वर्षमा यो समूहको सेयर कारोबार ९२.३० प्रतिशतले वृद्धि भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, हाइड्रो समूहको कारोबार रकम पनि १.६६ प्रतिशतले बढेको छ । गत वर्ष ६ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको यो समूहको कारोबार यस वर्ष ६ खर्ब ४२ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, होटल तथा पर्यट समूहको पनि १.४२ प्रतिशतले बढेको छ । यस वर्षको वैशाखसम्म यो समूहको ३१ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत वर्ष भने ३० अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

९ समूहको कारोबार घट्यो

सो अवधिसम्म ९ समूहको सेयर कारोबार घटेको छ । फाइनान्सपछि दोस्रो कारोबार घट्ने समूहमा निर्जीवन बीमा समूह रहेको छ । यो समूहको कारोबार रकम ६१।६९ प्रतिशतले घटेर २५ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, व्यापार समूहको ५१.८५ प्रतिशतले घटेर २ अर्ब ७८ करोड, जीवन बीमा समूहको ४८.०८ प्रतिशतले घटेर ५ अर्ब ४ करोड, लगानी समूहको ४७.३७ प्रतिशतले घटेर ७२ अर्ब ६५ करोड, विकास बैंक समूहको ३२.३८ प्रतिशतले घटेर ९३ अर्ब ४६ करोड, माइक्रोफाइनान्स समूहको २६.२३ प्रतिशतले घटेर ८४ अर्ब ४६ करोड, वाणिज्य बैंक समूहको २६.०४ प्रतिशतले घटेर १ खार्ब १६ अर्ब ८२ करोड र अन्य समूहको १४.८७ प्रतिशतले घटेर ९४ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.