सोमबार, श्रावण ४,२०८३ 06:56:32
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 06:56:32
Bizshala
Global IME Bank Limited

विनियोजन विधेयकमाथि अन्तिम छलफल, सांसदका प्रश्नमा मन्त्रीहरूको स्पष्टीकरण आज

विनियोजन विधेयकमाथि अन्तिम छलफल, सांसदका प्रश्नमा मन्त्रीहरूको स्पष्टीकरण आज
New Office

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।  

बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ माथि जारी मन्त्रालयगत छलफललाई समापनतर्फ अघि बढाउने क्रममा सांसदहरूले उठाएका प्रश्न, टिप्पणी तथा सुझावहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकलाई बजेट छलफलको निर्णायक चरणका रूपमा लिइएको छ, जसअन्तर्गत सांसदहरूले विभिन्न मन्त्रालयका नीति, कार्यक्रम, बजेट विनियोजन र कार्यान्वयन संरचनामाथि उठाएका विषयहरूमा विस्तृत स्पष्टीकरण प्रस्तुत हुने छ ।  

विशेषगरी युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता, लक्ष्य प्राप्ति र कार्यान्वयन अवस्थाबारे मन्त्रीहरूले स्पष्ट धारणा राख्नेछन्।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका बजेट शीर्षक, राष्ट्रिय प्राथमिकताका आयोजना तथा दीर्घकालीन विकास योजनामाथि पनि आजको छलफल केन्द्रित हुनेछ।

पर्यटन क्षेत्रको पुनरुत्थान, सांस्कृतिक सम्पदाको संरक्षण, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका विषयमा मन्त्रालयको रणनीति र भावी कार्यदिशा पनि प्रस्तुत गरिने बताइएको छ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित सेवा प्रवाह, सामाजिक सुरक्षा कार्यक्रम तथा बजेट वितरणको प्रभावकारिताबारे सांसदहरूले उठाएका प्रश्नहरूको पनि बैठकमा जवाफ दिने कार्यसूची छ ।  

सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा सुधार र जनउत्तरदायी प्रशासनका विषयमा समेत छलफल केन्द्रित हुने छ ।  

हाल प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल निरन्तर जारी छ।  

आजको बैठकमा मन्त्रीहरूको जवाफपछि सांसदहरूले उठाएका प्रश्न तथा सुझावका आधारमा सम्बन्धित मन्त्रालयका बजेट शीर्षकमाथि निर्णय प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.