काठमाण्डौ । कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल १२ लाख ९ हजार १६९.५ कित्ता सेयरको लक इन अवधि साउन ६ गते सकिन लागेको हो ।
कुल सेयर संख्यामा १० लाख ७२ हजार ४३४ कित्ता संस्थापक सेयर, २ हजार ६८०.७० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्टाइएको सेयर र १ लाख ३४ हजार ५४.८० कित्ता स्थानीय बासिन्दाका लागि जारी सेयर रहेको छ ।
कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले स्वष्ट पारेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।