बिहीबार, असार ४,२०८३ 09:25:45
Bizshala
  • बिहीबार, असार ४,२०८३ 09:25:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि संसदीय बहस निर्णायक चरणमा

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि संसदीय बहस निर्णायक चरणमा
Shivam Cement

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।  

बजेट अधिवेशनलाई अन्तिम निष्कर्षतर्फ लैजाने निर्णायक चरणका रूपमा आजको बैठकलाई विशेष चासोका साथ हेरिरहेको छ।

Bizshala
New Office
CG Motors

संसद् सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ माथि जारी दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, नीति–समीक्षा तथा कार्यान्वयनसँग सम्बन्धित जटिल विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने र स्पष्टिकरण प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, गृह, पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र तथा अर्थ मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकहरूमा गहिरो राजनीतिक बहस हुने अपेक्षा गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

सांसदहरूले बजेट विनियोजनको प्राथमिकता, स्रोतको न्यायोचित वितरण, विकास परियोजनाको प्रभावकारिता तथा सरकारी योजनाको कार्यान्वयन क्षमतामाथि प्रश्न उठाउने तयारीसँगै बैठकमा सत्ता र प्रतिपक्षबीच तीव्र बहस हुने संकेत देखिएको छ।

बजेट अधिवेशनको यस चरणमा संसद्भित्रको छलफल केवल प्राविधिक मात्र नभई नीति–दिशा र सरकारको समग्र कार्यशैलीप्रति राजनीतिक मूल्यांकनको अवसरका रूपमा समेत लिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.