शनिबार, कार्तिक ७,२०८३ 09:55:26
  • शनिबार, कार्तिक ७,२०८३ 09:55:26
Global IME Bank Limited

सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घट्यो, सुन तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँमा झर्‍यो

Bizshala
सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घट्यो, सुन तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँमा झर्‍यो
New Office

काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।  

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेपछि सुन र चाँदी दुवैको भाउ ओरालो लागेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन अर्थात् हिजो सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि लगातार तीन दिनसम्म सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो।  

ती तीन दिनमा मात्रै सुनको भाउ कुल ६ हजार ५ सय रुपैयाँले बढेको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तर, पछिल्ला दुई दिनमा भने बजारमा सुधार देखिँदा सुनको मूल्य घट्न थालेको हो।

त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ।  

महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।  

सुनसँगै चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण घटेको व्यवसायीहरू बताउँछन्।

यद्यपि हालको मूल्य विगतका केही महिनाअघि कायम भएका ऐतिहासिक रेकर्डभन्दा निकै तल रहेको छ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.