आईतवार, असार १४,२०८३ 02:59:54
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:59:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्यूरो अन्कोलोजी सम्मेलन ‘न्यूरोअन २०२६’ सम्पन्न

Laxmi Sunrise Bank Limited
नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्यूरो अन्कोलोजी सम्मेलन ‘न्यूरोअन २०२६’ सम्पन्न

काठमाण्डौ। नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजना तथा नेपलीज सोसाइटी अफ न्यूरो सर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्यूरो–अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ ।

यही असार १२ र १३ गते आयोजित दुई दिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विशेषज्ञहरूले मस्तिष्क ट्युमरको निदान, शल्यचिकित्सा तथा उपचारमा भएका पछिल्ला वैज्ञानिक प्रगति, आधुनिक प्रविधि तथा बहुविषयगत उपचार प्रणालीबारे आफ्नो अनुभव र अनुसन्धान प्रस्तुत गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

सम्मेलनको पहिलो दिन न्युरोनेभिगेसन, कनेक्टोमिक्स, इन्ट्राअपरेटिभ नर्भ मोनिटरिङ लगायतका अत्याधुनिक प्रविधिमा केन्द्रित व्यावहारिक कार्यशालाहरू सञ्चालन गरिएका थिए। दोस्रो दिन आयोजित वैज्ञानिक सत्रहरूमा मस्तिष्क ट्युमर उपचारका नवीनतम प्रविधि, चुनौती तथा भविष्यका सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।

सम्मेलनका अवसरमा न्युरोसर्जरी तथा न्युरो–अन्कोलोजी क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै भारतका प्रा।डा। वी। राजशेखर, प्राडा सुरेश नायर तथा नेपालका प्रा।डा। गोपालरमण शर्मा, प्राडा प्रकाश बिष्ट, प्राडा बसन्त पन्त, प्राडा पवनकुमार सुल्तानिया र स्व। प्रा।डा। उपेन्द्रप्रसाद देवकोटालाई विशेष सम्मान प्रदान गरिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समापन समारोहलाई सम्बोधन गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक बसन्तकुमार चौधरीले नेपालमा मस्तिष्क ट्युमर उपचारलाई अझ प्रभावकारी, आधुनिक र गुणस्तरीय बनाउन यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै ‘न्युरो–अन २०२६’ यस दिशामा एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताए ।

आयोजक अध्यक्ष प्रा.डा राजीव झाले सम्मेलन सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सहभागी, सहयोगी संस्था तथा आयोजक टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता शैक्षिक कार्यक्रमले नेपालमा न्युरो–अन्कोलोजी सेवाको विकास, विशेषज्ञबीचको सहकार्य तथा बिरामी उपचारको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.