सोमबार, श्रावण १८,२०८३ 06:53:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:53:11
Bizshala
Global IME Bank Limited

कालीमाटी बजारको मूल्यसूची सार्वजनिक, कुन वस्तुको भाउ कति ?

कालीमाटी बजारको मूल्यसूची सार्वजनिक, कुन वस्तुको भाउ कति ?
New Office

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ।  

समितिले तरकारी, फलफूल, मसला तथा माछासहित दैनिक उपभोग्य कृषि उत्पादनको मूल्य अद्यावधिक गरेको हो।

सार्वजनिक मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ, लोकल सानो गोलभेँडा १० रुपैयाँ र टनेल गोलभेँडा २० रुपैयाँमा कारोबार हुनेछ।  

रातो लाम्चो आलुको मूल्य ४० रुपैयाँ, गोलो र मुढे आलु ३५–३५ रुपैयाँ, भारतीय तथा सेतो आलु ३०–३० रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

हरियो तरकारीतर्फ लोकल गाजर १०० रुपैयाँ, स्थानीय बन्दा ६० रुपैयाँ, काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ तथा लाम्चो र डल्लो भन्टा क्रमशः २० र ३० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।  

बोडी ३५ रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, घिउ सिमी ६० देखि ८० रुपैयाँ, लौका ४० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ र पिँडालु १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

सागपात र च्याउतर्फ रायो ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ, कन्ये च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। 

कुरिलो ३०० रुपैयाँ, चुकन्दर ९० रुपैयाँ, सेलरी १६० रुपैयाँ, पार्सले ३५० रुपैयाँ र पुदिना २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलको मूल्यसूचीमा फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ, दशहरी आँप १०० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ, चाइनिज नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। स्थानीय लिची २०० रुपैयाँ, भारतीय लिची ३०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

त्यस्तै, अदुवा १५० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ४० रुपैयाँ, बुलेट खुर्सानी ३० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन १८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.