सोमबार, असार १५,२०८३ 05:44:38
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:44:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

Laxmi Sunrise Bank Limited
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

काठमाण्डौ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ ।

आज भएको सो छलफलको क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका कालो सिसा भएका सवारी साधनहरु विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग भईरहेको देखिएकोले सवारी व्यवस्थापन ऐन २०४९ मा भएको व्यवस्था अनुसार सवारी साधनहरुमा कालो सिसा हटाउन लागेको जानकारी दिए ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी उनले सवारी साधन प्रयोगकर्ताहरुले न्यूनतम रुपमा सवारी साधनको अगाडीको सिसामा कालो सिसा लगायत कुनै पनि स्टिकर टाँस्न नपाउने व्यवस्था रहेकोले सवारी साधन पैठारीकर्ताहरुले आ–आफ्नो सवारी साधन खरिदकर्तालाई यसबारे जानकारी दिन आग्रह समेत गरे ।

साथै उनले कालो सिसा प्रयोग गर्न चाहने सवारी साधन प्रयोगकर्ताले सरकारको अनिवार्य अनुमति लिनु पर्ने जानकारी दिंदै सवारी साधन पैठारीकर्ताहरुले पनि आफ्नो मेनुफेक्चरि· कम्पनीबाट कालो सिसा भएका सवारी साधनहरु आयात गर्न नहुने बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो छलफलमा नाडाका अध्यक्ष उपे्रतीले सवारी साधनहरुमा कालो स्टिकर (फिल्म) प्रयोग भईरहेकोले त्यसलाई हटाउन प्राविधिक रुपमा खाशै समस्या नरहेकोले सर्वप्रथम कालो स्टिकर हटाउने प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिए । 

त्यसैगरी सो छलफलमा उपस्थित हुनुभएका नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अर्को चरणमा अटोमोवाइल म्यानुफ्याक्चरिङ कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनहरुको हकमा त्यस्ता सवारी साधनहरुको संख्या खाशै धेरै नभएकोले त्यसको संख्या समेत यकिनगरी हटाउन सकिने बताए । 

यस सम्बन्धमा तत्काल छलफलका लागि काठमामण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेको थियो। सो छलफलमा नाडाकोतर्फबाट उपाध्यक्ष अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.