शुक्रबार, असार १३,२०८२ 02:01:00
  • शुक्रबार, असार १३,२०८२ 02:01:00
Global IME Bank Limited

मृत्युको मुखमा पुगेकी महिलामा सुंगुरको किड्नी प्रत्यारोपण

Hyundai Nepal
मृत्युको मुखमा पुगेकी महिलामा सुंगुरको किड्नी प्रत्यारोपण
Nabil Bank Limited

काठमाण्डौ । संगुरको मुटुपश्चात मानव शरीरमा अब संगुरको किड्नी पनि ट्रान्सप्लान्ट गरिएको छ । अमेरिकामा मृत्युको मुखमै पुगेकी एक महिलाई संगुरको किड्नी प्रत्यारोपण गरेर ज्यान बचाईएको छ ।  

अमेरिकाको न्यूजर्सीमा सर्जनहरुले ५४ वर्षिय महिला लीसा पिसानोको शरीरमा कम्बाइन्ड हर्ट पम्प र संगुरको किड्नी ट्रान्सप्लान्ट गरेका छन् । उनलाई नियमित डायलिसिस आवश्यक पर्ने गर्थ्यो । उनी लामो समयदेखि किड्नी र मुटु  ट्रान्सप्लान्ट गर्ने प्रयासमा थिइन् । तर अमेरिकामा अंग दान गर्नेहरुको कमीका कारण उनले अंग पाईरहेकी थिइनन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

सर्जरीपश्चात लीसाले ट्रान्सप्लान्टको बारेमा पहिलोपटक सुन्दा यसलाई अपनाउन चाहेको बताएकी छन् । सर्जरीपश्चात लीसाले आईसीयुमा आफ्नो बेडबाट मिडियासँग कुराकाबी गरेकी छन् । उनले सबै प्रकारको उपचार गरेर हार खाएको र डाक्टरहरुले संगुरको किड्नी ट्रान्सप्लान्टका बारेमा बताउँदा स्वीकृती दिएको बताइन् ।  

अमेरिकामा अंग दानको माग धेरै रहेको छ भने दान गर्नेको संख्या भने न्यून छ । रिपार्टका अनुसार अमेरिकामा प्रत्येक दिन अंग दानको प्रतिक्षामा १७ जनाले ज्यान गुमाउछन् । अमेरिकामा किड्नीको माग सबैभन्दा धेरै छ । अंग बिक्री खरिद तथा ट्रान्सप्लान्ट नेटकर्वका अनुसार सन् २०२३ मा अमेरिकामा २७ हजार किड्नी प्रत्यारोपण गरिएको थियो । अझै पनि अमेरिकामा ८९ हजार जना किड्नीको प्रतिक्षामा छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.