आईतवार, असार २८,२०८३ 04:11:42
Bizshala
  • आईतवार, असार २८,२०८३ 04:11:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ठूला जहाज मर्मतमा विदेशकै भर, क्यानले १२ देशका ४० संस्थालाई दियो मान्यता

नेपाल एयरलाइन्सको वाइडबडी ‘सी–चेक’का लागि इटाली पठाइयो, भारतका सबैभन्दा धेरै आठ मर्मत केन्द्र स्वीकृत

Laxmi Sunrise Bank Limited
ठूला जहाज मर्मतमा विदेशकै भर, क्यानले १२ देशका ४० संस्थालाई दियो मान्यता

 

 

काठमाण्डौ। नेपालमा ठूला जहाजको जटिल मर्मत तथा इन्जिन ओभरहल गर्ने पूर्वाधार नहुँदा नेपाली वायुसेवा कम्पनीहरूले जहाज मर्मतका लागि विदेशी संस्थामै निर्भर हुनुपर्ने अवस्था कायम छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाली वायुसेवाका जहाज मर्मत गर्न विश्वका १२ देशका ४० विदेशी संस्थालाई आधिकारिक मान्यता दिएको छ।

क्यानको एयरवर्दिनेस इन्स्पेक्सन डिभिजनको विवरणअनुसार प्राधिकरणले हालसम्म २६१ विदेशी मर्मत केन्द्रलाई सूचीकृत गरेको भए पनि अहिले ४० संस्थाको मात्र अनुमति अवधि कायम छ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो ए–३३०–२०० वाइडबडी जहाजको विस्तृत प्राविधिक मर्मत अर्थात् ‘सी–चेक’का लागि इटालीको एटीटेक कम्पनी रोजेको छ। एउटा वाइडबडीको मर्मत सम्पन्न भएर नेपाल फर्किएपछि अर्को जहाजलाई पनि सी–चेकका लागि इटाली पठाउने निगमको तयारी छ।

निगमले विगतमा अन्य देशका मर्मत केन्द्र प्रयोग गर्दै आएको थियो। तर पछिल्लो पटक युरोपेली मापदण्डअनुसार इटालीमा गरिएको मर्मत प्रभावकारी देखिएपछि यसपटक पनि एटीटेकलाई नै छनोट गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

इटालीको नेपल्समा रहेको एटीटेकलाई क्यानले सन् २०२४ मा नेपाली जहाज मर्मत गर्ने अनुमति दिएको थियो। युरोपेली उड्डयन सुरक्षा एजेन्सी (ईएएसए) बाट समेत प्रमाणित उक्त संस्थाको नेपालका लागि मर्मत मान्यता सन् २०२७ फेब्रुअरी २८ सम्म कायम छ।

क्यानबाट मान्यता पाउने संस्थामध्ये सबैभन्दा धेरै भारतका आठ मर्मत केन्द्र छन्। तीमध्ये एआई इन्जिनियरिङ, एयरवर्क्स इन्डिया, जीएमआर एयर कार्गो, हिन्दुस्तान एयरोनटिक्स, एरो एभिएसन, भर्टेक्स एभिएसन, म्याक्स एमआरओ र क्रिस एरो रहेका छन्।

सिंगापुरका एसटी इन्जिनियरिङ, सेफ्रान हेलिकोप्टर, प्राट एन्ड ह्विटनी, सिंगापुर कम्पोनेन्ट सोलुसन्स र सेफ्रान इलेक्ट्रिकल गरी पाँच संस्था स्वीकृत सूचीमा छन्।

चीनका तिब्बत एयरलाइन्स, अमेको, सिचुवान सर्भिसेस, चाइना साउदर्न र गेमकोले पनि नेपाली जहाज मर्मतको अनुमति पाएका छन्।

क्यानडाका एयरोकर्प एभियोनिक, स्ट्यान्डर्ड एयरो, एजेडब्लू टेक्निक, हेली–वेल्डर्स र ग्लोबल एयरोस्पेस गरी पाँच संस्था मान्यता प्राप्त सूचीमा छन्। मलेसियाका एसिया डिजिटल इन्जिनियरिङ, डिभिएसन टेक्निक्स, सेपाङ एयरक्राफ्ट र एमएबी इन्जिनियरिङ पनि नेपाली वायुसेवा कम्पनीका जहाज मर्मत गर्न योग्य ठहरिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, संयुक्त राज्य अमेरिकाका तीन, थाइल्यान्डका दुई, फ्रान्सका दुई र अस्ट्रेलियाका दुई संस्थाको अनुमति अवधि कायम छ। जर्मनीको लुफ्थान्सा टेक्निक, डेनमार्कको डीएओ एभिएसन र इटालीको एटीटेकले पनि क्यानबाट आधिकारिक मान्यता पाएका छन्।

नेपालमा नियमित तथा सामान्य मर्मतका केही सुविधा उपलब्ध भए पनि ठूला जहाजको सी–चेक, संरचनागत परीक्षण र इन्जिन ओभरहलजस्ता जटिल काम गर्ने पूर्ण क्षमताको मर्मत केन्द्र छैन। यसका कारण जहाज मर्मत गर्दा विदेशी मुद्रा बाहिरिने मात्र होइन, जहाज लामो समय उडानबाहिर रहँदा वायुसेवा कम्पनीको सञ्चालन लागतसमेत बढ्ने गरेको छ।

क्यानले विदेशी मर्मत संस्थाको प्राविधिक उपकरण, दक्ष जनशक्ति, प्रमाणपत्र र उड्डयन सुरक्षा मापदण्डको निरीक्षण तथा मूल्यांकनपछि मात्र स्वीकृति दिने गरेको जनाएको छ। हाल मान्यता कायम रहेका संस्थाहरूको अनुमति अवधि सन् २०२६ र २०२७ सम्म रहेकाले नेपाली वायुसेवा कम्पनीसँग जहाज मर्मतका लागि विभिन्न देशका विकल्प उपलब्ध छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.