मंगलवार, असार १७,२०८२ 06:23:25
  • मंगलवार, असार १७,२०८२ 06:23:25
Global IME Bank Limited

धितोपत्र बोर्डले आईपीओ र हकप्रद नरोक्ने, निमित्तको अधिकार डा. अधिकारीलाई

Hyundai Nepal
धितोपत्र बोर्डले आईपीओ र हकप्रद नरोक्ने, निमित्तको अधिकार डा. अधिकारीलाई
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डले अध्यक्ष नहुँदा रोकिएको साधारण सेयर र हकप्रद निश्कासनको प्रक्रियालाई अब तीव्रताका साथ अगाडि बढाउने भएको छ ।  

नेपाल धितोपत्र बोर्डको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकमा केही समयदेखि सुस्ताएको आईपीओ, एफपीओ र हकप्रदको प्रक्रियालाई पुनः अगाडि बढाउने र पूर्ण अध्यक्ष नियुक्ति नहुँदाको अवस्थामा समेत सार्वजनिक निश्कासनलाई नरोक्ने सहमति बनेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

अर्को बैठकबाट आज बनेको सहमतिलाई निर्णयार्थ पेश गरिने र त्यसपछि रोकिएका सबै प्रक्रिया पूर्ववतः अवस्थाअनुसार नै सुचारु हुने एक सञ्चालकले जानकारी दिए ।  

यस्तै, बुधबारको बैठकले धितोपत्र बोर्डको निमित्त प्रमुखको रुपमा डा. नवराज अधिकारीलाई अर्थमन्त्रालयबाट दिइएको जिम्मेवारीलाई अनुमोदन समेत गरेको छ । योसँगै बोर्डको निमित्त प्रमुख को हुने भन्ने अन्यौल समेत हटेको छ । यसले बोर्डको दैनिक कार्यसम्पादक सहज हुने अपेक्षा गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.