मंगलवार, असार १७,२०८२ 01:06:47
  • मंगलवार, असार १७,२०८२ 01:06:47
Global IME Bank Limited

वार्षिक औषत १८.६% लाभांश दिएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको आगामी यात्रा कस्तो ?

Hyundai Nepal
वार्षिक औषत १८.६% लाभांश दिएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको आगामी यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेपालका विकास बैंकहरु मध्येको एक राष्ट्रिय स्तरको बैंक हो । यो विकास बैंक २०६५ सालमा बुटवल र आसपासका क्षेत्रहरुलाई आधार बनाएर स्थापना भएको थियो । यो बैंकका हालसम्म केन्द्रीय कार्यालयसहित देशभर ९० वटा शाखा कार्यालय सञ्चालनमा छन् । जसमा १८ वटा एटीएम र १ वटा एक्सटेन्सन काउण्टर पनि छन् ।  

आधारभूत पक्षः  

यो बैंकको यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंककोे चुक्तापूँजी ४ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ १४ करोड ८८ लाख रुपैयाँ , जगेडा कोष १ अर्ब ८१ करोड , कुल पूँजी ६ अर्ब ६९ करोड रहेको छ भने खुद मुनाफा ५१ करोड ४६ लाख रहेको छ ।  

यस्तै बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १४.५ रुपैयाँ , बुक भ्यालु १४१.४ रुपैयाँ , रिर्टन अन इक्विटी १०.२५ रुपैयाँ र खराब कर्जा ३.४१ प्रतिशत रहेको छ । बैंकको १० वर्षको औषत लाभांश दर १८.६ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो बैंक हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । यो भनेको बैंकमा लगानीकर्ताहरु खरिद तथा बिक्रीमा तटष्थ छन् भन्ने हो । बैंकको ५२ साताको उच्च मूृल्य ४३५ रुपैयाँ र न्यून मूल्य ३१५ रुपैयाँ रहेको छ । हाल दोस्रो बजारमा यो बैंकको सेयरमूल्य प्रतिकित्ता ३७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यो बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ४९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहको छ ।  

बोलिङगर म्याक्डी र आरएसआई  

बोलिङगर ब्याण्डको आधारमा यो बैंकको मूल्य रेखाले तल्लो ब्याण्डमा छोएर हाल मध्य ब्याण्ड भन्दा माथि लागेको छ । म्याक्डीमा पनि बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकरात्मक र लामा–लामा बन्दै गएका छन् । आरएसआई पनि ४० को तहबाट फर्केर हाल न्यूट्रल जोनभन्दा माथि ५२ को तहमा पुगेको छ ।  

समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा यो बैंकको सेयर भाउ विस्तारै माथिको यात्रामा चल्दै गरेको देखिन्छ । मनिफ्लो इन्डेक्सबाट हेर्दा यो बैंकको सेयरभाउमा बुलिस डाइभर्जेन्स देखिन्छ ।  

पिभट् विश्लेषणः

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३८३

प्रतिरोध २ –३७६

प्रतिरोध १– ३६७

पिभट प्वइन्टः ३६०

घटेमा सपोर्ट  

सपोर्ट १– ३५१

सपोर्ट २– ३४४

सपोर्ट  ३ –३३५

निष्कर्षः आधारभूत रुपमा यो बैंकलाई नियाल्दा चालु आवको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा , रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानी घटेको देखिन्छ । बुक भ्यालु भने २.१६ प्रतिशतले बढेको देखिन्छ ।  

यस्तै खुद मुनाफामा ७.१९ प्रतिशतको गिरावट आएको छ । बैंकको खराव कर्जा अनुपात ६१.६१ प्रतिशतले बढेको छ  ।  

प्राविधिक रुपमा हेर्दा बैंककोे सेयर भाउ गत वर्षको अप्रिल महिनामा प्रतिकित्ता २५० को न्यून स्तरमा पुगेको देखिन्छ । त्यहाँबाट हाल बैंकको सेयर मूल्य यसै बर्ष ४३५ रुपैयाँ सम्म पुगेको देखिन्छ । हाल दोस्रो बजारमा यो बैंकको सेयरमूल्य प्रतिकित्ता ३७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जसलाई नियाल्दा यो बैंकको  मूल्य बढ्दो गतिमा देखिन्छ । विभिन्न इन्डिकेटर मनिफ्लो इन्डेक्स ,बोलिङगर ब्याण्ड ,म्याक्डी तथा आरएसआईबाट नियाल्दा पनि बैंककोे सेयर भाउले विस्तारै अप ट्रेण्ड लिंदै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.