शुक्रबार, असार १२,२०८३ 05:23:32
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:23:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न शिव शंकर हाईड्रोले डाक्यो साधारण सभा

Laxmi Sunrise Bank Limited
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न शिव शंकर हाईड्रोले डाक्यो साधारण सभा

काठमाण्डौ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधत्रारण सभा आयोजना गर्ने भएको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते काठमाण्डौको मिनभवनमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको चुक्तापूँजीको २० प्रतिशत आईपीओ जारी गर्ने सम्बन्धमा हालसम्म भएका कार्यलाई अनुमोदन गर्ने तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्ने प्रस्ताव पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै कम्पनीको गत आवको वार्षिक प्रतिवेदन तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । जसले मुख्यतया जलविद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट),बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लेखित कम्पनीहरुमध्ये पहिलो तीन कम्पनीहरु सञ्चालनमा आईसकेको र प्राथमिक सेयर निष्काशनको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.