मंगलवार, श्रावण ५,२०८३ 10:16:29
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:16:29
Bizshala
Global IME Bank Limited

बाढी जोखिम न्यूनीकरणका लागि मेटलाइफ फाउन्डेसनद्वारा १ लाख २० हजार डलर सहयोग

बाढी जोखिम न्यूनीकरणका लागि मेटलाइफ फाउन्डेसनद्वारा १ लाख २० हजार डलर सहयोग
New Office

काठमाण्डौ । मेटलाइफ फाउन्डेसनले बाढी प्रभावित समुदायको संरक्षण, पारिस्थितिक प्रणाली पुनर्स्थापना तथा दिगो जीविकोपार्जन प्रवद्र्धनका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ।

उक्त सहयोगमार्फत बर्दिया जिल्लाको राजापुर नगरपालिकामा “प्रकृतिमा आधारित स्थानीय समुदायको पारिस्थितिक प्रणाली, कल्याण र वैकल्पिक जीविकोपार्जनका लागि संयुक्त प्रयास (जीवन)’ परियोजना सञ्चालन गरिनेछ।

एक वर्ष अवधिको यस परियोजनाले तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायका करिब १४० न्यून आय भएका घरपरिवारको जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

बाढी, नदी कटान र घट्दो माछा स्रोतका कारण यस क्षेत्रका समुदायको जीविकोपार्जन र खाद्य सुरक्षामा परेको जोखिम न्यूनीकरण गर्न परियोजनाले प्रकृतिमा आधारित समाधानहरू कार्यान्वयन गर्नेछ। यसअन्तर्गत जैविक तटबन्ध ९बायो–डाइक०, हरित पट्टी निर्माण तथा खोल्सा पुनर्स्थापनालगायतका कार्यक्रम सञ्चालन गरिने डब्लूडब्लूएफ नेपालले जनाएको छ।

परियोजनाले वातावरण संरक्षणसँगै स्थानीय समुदायका लागि वैकल्पिक आम्दानीका स्रोत विस्तारमा समेत जोड दिनेछ। होमस्टेमा आधारित पर्यापर्यटन प्रवद्र्धन, पशुपालन तथा कुखुरापालनमा सहयोग र बजार पहुँच सुधार गर्ने गतिविधि समावेश गरिनेछ।

यसैगरी, मेटलाइफका कर्मचारीहरूले स्वयंसेवी सहभागितामार्फत वित्तीय साक्षरता, बजेट व्यवस्थापन र साना व्यवसाय सञ्चालनसम्बन्धी तालिम प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले समुदायको आर्थिक क्षमता र दीर्घकालीन उत्थानशीलता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

परियोजनाले कर्णाली नदीको जैविक विविधता संरक्षणमा समेत योगदान पुर्‍याउनेछ। विशेषगरी नदी डल्फिन र घडियालजस्ता संकटापन्न प्रजातिको संरक्षण तथा नदीमा आधारित पारिस्थितिक प्रणालीको संरक्षणमा पहल गरिनेछ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले जोखिम न्यूनीकरण र पूर्वतयारीमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्ने उद्देश्यले डब्लूडब्लूएफ नेपालसँग सहकार्य गरिएको बताए।

‘कर्णालीका बाढी प्रभावित समुदायलाई सुरक्षित र उत्थानशील बनाउन जीवन परियोजनामार्फत जीवन सुरक्षा, पारिस्थितिक प्रणाली पुनस्र्थापना र दिगो जीविकोपार्जनका समाधानमा सहयोग गर्ने हाम्रो उद्देश्य हो,’ श्रेष्ठले भने।

डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले मेटलाइफ फाउन्डेसनसँगको साझेदारीले कर्णाली क्षेत्रका समुदाय र जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले राजापुर क्षेत्रमा जैविक तटबन्ध, हरित पट्टी, पर्यापर्यटन, पशुपालन सहयोग र बजार पहुँच विस्तारमार्फत स्थानीय समुदायका लागि नयाँ अवसर सिर्जना गरिने जानकारी दिए।

‘जीवन’ परियोजनाले मानव समुदायको सुरक्षा र कर्णाली नदीको प्राकृतिक सम्पदाबीच सन्तुलन कायम गर्दै जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय स्तरमा दीर्घकालीन समाधान विकास गर्ने लक्ष्य राखेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.