बिहीबार, भाद्र ४,२०८३ 11:04:34
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 11:04:34
Bizshala
Global IME Bank Limited

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
New Office

काठमाण्डौ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट इभि एसयुभि प्रोटोन इ.मास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ ।

यसै क्रममा जगदम्बा मोटर्सले मङ्गलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर उद्घाटन समारोहमार्फत औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ । भक्तपुरको यो नयाँ सोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन सोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।

Bizshala
CG Motors

नेपालमा ग्राहक–केन्द्रित भई अग्रणी विद्युतीय सवारी (इभि) ब्रान्डको रूपमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित सोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिका अनुसार, प्रोटोन ब्रान्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पु¥याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो ।

भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि नै मोफसलका थप तीन सहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ सोरुमहरू शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो । 

अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाहरूबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन् ।

जगदम्बा मोटर्सले सन् २०१८ बाट नेपाली ग्राहकहरूमाझ प्रोटोन ब्रान्डका नयाँ सवारी साधन आधिकारिक रूपमा वितरण गर्दै आएको छ । मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । 

हाल प्रोटोन इ.मास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.