मंगलवार, श्रावण १२,२०८३ 10:21:01
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:21:01
Bizshala
Global IME Bank Limited

यात्रा गर्दै हुनुहुन्छ ? बाढी तथा पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

यात्रा गर्दै हुनुहुन्छ ? बाढी तथा पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
New Office

काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।

प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५ः ३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको चारकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग ९झापा–ताप्लेजुङ सडकखण्ड० पनि अविरल वर्षाका कारण अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।

भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।

काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डअन्तर्गतको बिपी राजमार्गमा बाढीको जोखिम बढेपछि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

यसैगरी, मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डअन्तर्गत कान्ति लोकपथमा पनि बाढी तथा पहिरोको जोखिमका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।

वर्षायाममा सडकको अवस्था जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा ट्राफिक नियन्त्रण कक्षसँग सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.