आईतवार, कार्तिक ८,२०८३ 05:41:02
  • आईतवार, कार्तिक ८,२०८३ 05:41:03
Global IME Bank Limited

देवानगञ्ज घटनाका मृतकका परिवारलाई १० लाख राहत दिइने

Bizshala
देवानगञ्ज घटनाका मृतकका परिवारलाई १० लाख राहत दिइने
New Office

काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई गाउँपालिकाले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारप्रति समवेदना व्यक्त गर्दै दुवै परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

गत आइतबार राति भएको घटनामा ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा निधन भएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गाउँ कार्यपालिकाको बैठकले घटनामा ज्यान गुमाएका व्यक्तिहरूलाई सहिद घोषणा गर्न सम्बन्धित निकायसमक्ष माग गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, घटनामा घाइते भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएकालाई २ लाख रुपैयाँ तथा मध्यम र सामान्य घाइते भएकालाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.