काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्म १ अखर्ब ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९०५.७४ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १० करोड बढी नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज रिर्भसल हुनुकास साथै खुद ब्याज आम्दानीमा आएको सुधारका कारण बैंकको नाफा उल्लेख्य रुपमा बढेको देखिएको छ ।
बैंकले समीक्षा अवधिसम्म २ अर्ब ३४ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम २ अर्ब ९ करोड मात्रै थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ३० करोड १२ लाख रुपैयाँले रिसर्भल भएको छ । अघिल्लो आवमा ७.७५ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा घटेर ६.५५ प्रतिशतमा सीमित बनेको छ । बैंकको निक्षेप संकलन ६७ अर्ब २२ करोड रुपैयाँ रहेकोमा कर्जा प्रवाह भने ४९ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । यस्तै रिजर्भको आकार २ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी २.२८ रुपैयाँबाट बढेर २२.८८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ, पीई रेसियो १४.८२ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७७२.४० र तरलता अनुपात २९.६१ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।