काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको सञ्चालक समितिमा कृषि विकास बैंक लिमिटेडको प्रतिनिधिका रूपमा मिनराज पोखरेल नियुक्त भएका छन्।
यसअघि कृषि विकास बैंक लिमिटेडका तर्फबाट प्रताप सुवेदीले नेको इन्सुरेन्सको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए। बैंकले उनको स्थानमा बाँकी कार्यकालका लागि मिनराज पोखरेललाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको हो।
कम्पनीको २०८३ साल साउन २० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ५०८ औँ बैठकले पोखरेलको नियुक्तिलाई समर्थन गरेको कम्पनीले जनाएको छ।
बैठकको निर्णयसँगै पोखरेलले सोही दिनदेखि सञ्चालक पदमा पदबहाली गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।