आईतवार, श्रावण ३१,२०८३ 10:12:05
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 10:12:05
Bizshala
Global IME Bank Limited

पहिरो हटाएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा

Prabhu Bank Limited
पहिरो हटाएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा
New Office

काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।

शनिबार राति करिब १०ः२५ बजे सडकको माथिल्लो भागबाट रूखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गअन्तर्गत नारायणगढ–काठमाण्डौ सडकखण्ड दुवैतर्फी अवरुद्ध भएको थियो।

CG Motors

पहिरोका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले पहिरो पन्छाउने काम थालेको थियो। पहिरो हटाएपछि आइतबार बिहान ६ः४५ बजेदेखि नारायणगढबाट काठमाडौं तथा काठमाडौं हुँदै नारायणगढतर्फ जाने सवारीसाधनको आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको हो।

सडक खुलेसँगै पहिरोका कारण उक्त सडकखण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन्।

सडक सञ्चालनमा आए पनि वर्षायामका कारण राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम रहन सक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.