आईतवार, श्रावण ३१,२०८३ 07:03:05
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 07:03:05
Bizshala
Global IME Bank Limited

नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोनका इ.मास ५ र इ.मास ७ ले ताने ग्राहकको ध्यान

Prabhu Bank Limited
नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोनका इ.मास ५ र इ.मास ७ ले ताने ग्राहकको ध्यान
New Office

काठमाण्डौ । भृकुटीमण्डपमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रोटोनका विद्युतीय एसयूभी इ.मास ५ र इ.मास ७ ले अवलोकनकर्ताको उल्लेख्य ध्यान आकर्षित गरेका छन्। एक्स्पोको हल ‘बी’स्थित स्टल एल–६ मा राखिएका दुवै विद्युतीय एसयूभी अवलोकन गर्न तथा तिनका विशेषता, मूल्य, स्वामित्व र बुकिङ विकल्पबारे जानकारी लिन ग्राहकको उत्साहजनक उपस्थिति देखिएको कम्पनीले जनाएको छ।

हालै नेपाली बजारमा सार्वजनिक गरिएको प्रोटोन इ।मास ५ कम्प्याक्ट विद्युतीय एसयूभी हो। सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यस गाडीमा रियर–ह्विल–ड्राइभ प्लेटफर्म, स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, भेहिकल–टु–लोड (भीटूएल) प्रविधि तथा जी–ट्र्याक्सन कन्ट्रोल सिस्टम उपलब्ध छन्।

इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार रुपैयाँ र ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, प्रोटोन इ।मास ७ ठूलो आकारको विद्युतीय एसयूभी हो। फराकिलो आन्तरिक स्पेस, उच्च प्रदर्शन र लामो दूरीको यात्राका लागि लक्षित यस गाडीमा ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। यसले डब्ल्यूएलटीपी मापदण्डअनुसार करिब ३४५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

CG Motors

इ.मास ७ मा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) तथा १५.४ इन्चको डिस्प्ले उपलब्ध छन्। यसका कारण दैनिक सहरी आवागमनदेखि लामो दूरीको यात्रासम्मका लागि गाडी उपयुक्त हुने कम्पनीको भनाइ छ।

इ.मास ७ पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै प्रोटोनले फरक प्रयोग र ग्राहक आवश्यकताअनुसार यी दुई मोडललाई बजारमा अघि सारेको छ। इ।मास ५ कम्प्याक्ट र व्यावहारिक सहरी एसयूभीका रूपमा प्रस्तुत गरिएको छ भने इ.मास ७ पारिवारिक प्रयोग तथा लामो दूरीको यात्राका लागि लक्षित ठूलो विद्युतीय एसयूभी हो।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स्पो अवधिभर ग्राहकलाई दुवै गाडी प्रत्यक्ष अवलोकन गरी तिनका विशेषता र बुकिङ विकल्पबारे जानकारी लिन अवसर दिएको थियो।

कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रोटोनको स्टल भ्रमण गरी ब्रान्डप्रति विश्वास व्यक्त गर्ने ग्राहक तथा अवलोकनकर्तालाई धन्यवाद दिँदै ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

यसैबीच, नाइमा एक्स्पोमा सहभागी हुन छुटेका ग्राहकलाई आगामी नाडा अटो शो २०२६ मा प्रोटोनका गाडी अनुभव गर्न कम्पनीले आग्रह गरेको छ। कम्पनीका अनुसार नाडा अटो शोको हल ४ स्थित स्टल जी–१५ मा प्रोटोनका विद्युतीय मोडलहरू प्रदर्शन गरिनेछ र ग्राहकका लागि थप आकर्षक अफरसमेत सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.