सोमबार, भाद्र १,२०८३ 09:57:26
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 09:57:26
Bizshala
Global IME Bank Limited

सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

Prabhu Bank Limited
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
New Office

काठमाण्डौ। धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।

पहिरोका कारण सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। टोलीले ट्राफिक प्रहरीको समन्वयमा पहिरो हटाएर सडक खुलाउने काम गरिरहेको प्रहरीले जनाएको छ।

CG Motors

सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। पहिरो हटाउने काम जारी रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.