काठमाण्डौ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा खसेको सुख्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय सवारी आवागमन प्रभावित बनेको थियो।
सम्बन्धित निकायले पहिरो हटाएपछि राजमार्गमा सवारीसाधनको आवागमन दुवैतर्फ सहज रूपमा सञ्चालनमा आएको हो। वर्षायामका कारण राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।