आईतवार, भाद्र ७,२०८३ 10:19:15
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 10:19:15
Bizshala
Global IME Bank Limited

अविरल वर्षापछि देशभरका यी मुख्य राजमार्ग प्रभावित, बाढी र पहिरोले यातायात अवरुद्ध

अविरल वर्षापछि देशभरका यी मुख्य राजमार्ग प्रभावित, बाढी र पहिरोले यातायात अवरुद्ध
New Office

काठमाण्डौ । पछिल्ला केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी र पहिरो जाँदा प्रमुख राजमार्ग तथा सडकखण्डहरूमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध हुनुका साथै केही स्थानमा एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

कोशी प्रदेशको भोजपुरमा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। वैकल्पिक बाटो प्रयोग गरी उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इलाममा पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा भने वैकल्पिक सडक उपलब्ध रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा वर्षाजन्य विपद्का कारण सबैभन्दा धेरै सडकखण्ड प्रभावित भएका छन्। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइएको छ। कान्ति लोकपथमा पनि बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

Bizshala
CG Motors

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित कोदारी र लिपिङ क्षेत्रमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, नुवाकोटको मध्यपहाडी लोकमार्ग तथा टोखा–छहरे सडकखण्ड र धादिङको दामन पाख्रिन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम सडक र मनाङको चामे–बेँसीसहर सडकखण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। बागलुङको सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने देखिएको छ।

यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत रोल्पाको सहिदमार्ग घोराही–थवाङ–रुकुम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

यसैबीच, पाल्पाको सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.