आईतवार, भाद्र ७,२०८३ 11:49:55
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 11:49:55
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।

बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, Regional Manager तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न शाखाका अभिकर्ता, Regional Manager प्रमोद साह, उपेन्द्र नारायण महतो लगायत शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो।

कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको Sales Policy 2083/84 तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्तालाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे । 

Bizshala
CG Motors

प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । अभिकर्ताको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैँ तयार रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहन योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान र सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए । कम्पनीको यो उपलब्धिमा मधेश प्रदेशका अभिकर्ता, ADM तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासका लागि धन्यवाद व्यक्त बताए । 

उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने बताए । साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club का योग्य अभिकर्तालाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्तामा थप उत्साह, ऊर्जा र आगामी दिनमा उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्ने प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।

कम्पनीका अनुसार कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.