आईतवार, भाद्र ७,२०८३ 07:16:49
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 07:16:49
Bizshala
Global IME Bank Limited

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित ¥याडिसन होटलमा सम्पन्न भएको छ । ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’  कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले  बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गरे ।

महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने बताए। बीमा योजना बिक्री गर्दा त्यसका सुविधा, शर्त, जोखिम र दायित्वबारे बीमितलाई स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

Bizshala
CG Motors

बीमा क्षेत्रमा देखिँदै आएको ‘मिसेलिङ’ समस्या न्यूनीकरणमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले गलत, अपूर्ण वा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गरे। अभिकर्ता बीमा कम्पनीको प्रतिनिधिका साथै कम्पनीको ब्रान्ड एम्बेसडरसमेत भएकाले उनीहरूको व्यवहारले कम्पनीको प्रतिष्ठा र समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा प्रभाव पार्ने उनले बताए।

उनले अभिकर्ता आचारसंहिताको पूर्ण पालना गर्दै पेशागत मर्यादा, पारदर्शिता र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। बीमा गराएपछि पनि बीमितलाई आवश्यक सेवा, बीमालेखसम्बन्धी जानकारी तथा दाबी प्रक्रियामा सहजीकरण गर्नु अभिकर्ताको महत्वपूर्ण दायित्व रहेको उनले बताए। 

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका पदाधिकारी तथा विभिन्न तहका बीमा अभिकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा अभिकर्ताहरूको उत्प्रेरणा, पेशागत क्षमता अभिवृद्धि तथा बीमा व्यवसायलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.