बुधबार, आश्विन २८,२०८३ 10:46:26
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 10:46:26
Bizshala
Global IME Bank Limited

टर्बो बुस्टरजेट इन्जिनसहित सुजुकीले नेपालमा सार्वजनिक गर्यो नयाँ ब्रेजा

Bizshala
टर्बो बुस्टरजेट इन्जिनसहित सुजुकीले नेपालमा सार्वजनिक गर्यो नयाँ ब्रेजा
New Office

काठमाण्डौ । सुजुकी नेपालले नेपाली बजारमा नयाँ पुस्ताको ‘न्यू ब्रेजा’ एसयूभी सार्वजनिक गरेको छ। नयाँ ब्रेजालाई पहिलेको तुलनामा थप शक्तिशाली, इन्धन–कुशल र सुरक्षित बनाइएको कम्पनीले जनाएको छ। नयाँ मोडल पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन सहित नेपाली बजारमा आएको हो।

न्यू ब्रेजा आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाण्डौमा आयोजना हुने नाडा अटो शो २०२६ मा सुजुकी प्याभिलियनको स्टल ब्८द्द मा प्रदर्शन गरिनेछ। प्रदर्शनीमा ग्राहकले गाडी अवलोकन गर्नुका साथै टेस्ट ड्राइभका लागि बुकिङ गर्न सक्नेछन्।

न्यू ब्रेजामा जडान गरिएको टर्बो बुस्टरजेट इन्जिनले ५,५०० आरपीएममा ८१ किलोवाट अधिकतम शक्ति तथा २,००० देखि ३,५०० आरपीएममा १७० न्यूटन–मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

इन्जिनसँग नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ। यसले सहरको ट्राफिकदेखि लामो दूरीको राजमार्ग यात्रासम्म सहज र प्रतिक्रियाशील ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ।

ग्राहकको आवश्यकता र रुचिअनुसार न्यू ब्रेजामा के १५ सी डुअल जेट, डुअल भीभीटी स्मार्ट हाइब्रिड इन्जिन पनि उपलब्ध हुनेछ। यसमा ६–स्पिड म्यानुअलसँगै स्टियरिङमा प्याडल सिफ्टरसहितको ६–स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प पनि दिइएको छ।

नयाँ ब्रेजाको बाहिरी डिजाइनमा पनि उल्लेख्य परिवर्तन गरिएको छ। नयाँ स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार, स्किड प्लेट, परिमार्जित डुअल–टोन साइड क्ल्याडिङ तथा नयाँ प्रिसिजन–कट अलोय ह्विलले गाडीलाई थप आकर्षक र स्पोर्टी बनाएको कम्पनीको भनाइ छ।

भित्री भागमा डार्क ब्राउन र ब्ल्याक डुअल–टोन थिम, मेटालिक सफ्ट–टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट र नयाँ प्लस लेदरेट सिट प्रयोग गरिएको छ। त्यस्तै, भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ, पीएम२।५ फिल्टर, एयर क्वालिटी इन्डेक्स डिस्प्ले र एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जरजस्ता सुविधा थपिएका छन्।

न्यू ब्रेजामा २५.६५ सेन्टिमिटर (१०.१ इन्च) स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ। इनबिल्ट इन्टरनेट कनेक्टिभिटीसहितको यस प्रणालीमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यसैगरी, अर्कामिसद्वारा ट्युन गरिएको सिग्नेचर सराउन्ड सेन्ससहितको प्रिमियम स्पिकर र ६४ रङमा समायोजन गर्न सकिने एम्बियन्ट लाइटिङ पनि उपलब्ध छ।

सुरक्षालाई प्राथमिकता दिँदै नयाँ ब्रेजामा अल्ट्रा हाई–टेन्साइल र हाई–टेन्साइल स्टिलको प्रयोग गरी बलियो बडी स्ट्रक्चर तयार गरिएको कम्पनीले जनाएको छ।

गाडीमा ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम ९त्एःक्०, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङ जस्ता सुरक्षा प्रविधि समावेश छन्।

त्यस्तै, नयाँ ३६०–डिग्री भ्यु क्यामेरा, अगाडि तथा पछाडिका पार्किङ सेन्सरले पार्किङ र साँघुरा स्थानमा गाडी सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार नयाँ सुजुकी ब्रेजाले वयस्क तथा बालबालिका सुरक्षातर्फ भारत ल्ऋब्ए मा ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।

न्यू ब्रेजामा भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङ थपिएका छन्। यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ।

डुअल–टोन विकल्पमा ब्लुइस ब्ल्याक छानासहित लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेड उपलब्ध हुने कम्पनीले जनाएको छ।

न्यू ब्रेजा नेपालभर रहेका सुजुकीका अधिकृत सोरुममार्फत बिक्रीका लागि उपलब्ध हुने बताइएको छ। ग्राहकले नजिकको सुजुकी सोरुममा सम्पर्क गरी थप जानकारी तथा टेस्ट ड्राइभ बुकिङ गर्न सक्नेछन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.