बिहीबार, भाद्र ११,२०८३ 01:17:28
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 01:17:28
Bizshala
Global IME Bank Limited

रसुवा बाढीमा अमेरिकी साथ, ५ लाख डलर सहयोग घोषणा

रसुवा बाढीमा अमेरिकी साथ, ५ लाख डलर सहयोग घोषणा
New Office

काठमाण्डौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि संयुक्त राज्य अमेरिकाले ५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को घडीमा नेपालसँग ऐक्यबद्धता जनाउँदै उक्त सहायता उपलब्ध गराउने जनाएको हो।

घोषित ५ लाख अमेरिकी डलर नेपाली रुपैयाँमा करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी हुन आउँछ। उक्त रकम ‘क्याथोलिक रिलिफ सर्भिसेज’ मार्फत बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक आपत्कालीन आवास, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यक्रममा खर्च गरिनेछ।

अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताको कार्यालयद्वारा जारी विज्ञप्तिमा बाढीमा ज्यान गुमाउनेका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरिएको छ।

Bizshala
CG Motors

बाढीपछिको अवस्था मूल्यांकन तथा राहत र पुनःस्थापनाका प्रयासलाई सहयोग गर्न अमेरिकाले एक ‘विपद् प्रतिकार्य सल्लाहकार’ समेत प्रभावित क्षेत्रमा खटाउने जनाएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको अवस्थाबारे स्थानीय निकायसँग समन्वय गरिरहेको जानकारी दिएको छ।

आपत्कालीन सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकलाई दूतावासका तोकिएका सम्पर्क माध्यम प्रयोग गर्न आग्रह गरिएको छ। दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचार तथा सरकारी सूचनामा ध्यान दिन, स्थानीय अधिकारीका निर्देशन पालना गर्न र आपत्कालीन सूचना प्राप्त गर्न ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’मा आबद्ध हुनसमेत सुझाव दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.