बिहीबार, भाद्र ११,२०८३ 03:25:16
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 03:25:16
Bizshala
Global IME Bank Limited

बाढीपीडितको उद्धार तथा राहतका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने

बाढीपीडितको उद्धार तथा राहतका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गरेको छ।

नाडाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

राष्ट्रिय विपद्को यस घडीमा राज्यसँग सहकार्य गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता नाडाले जनाएको छ। नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकजुट भएर विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यमा सहयोग गर्न आह्वानसमेत गरेको छ।

तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नाडाले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

Bizshala
CG Motors

नाडाले विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले उद्धार र राहतका क्रममा देखाएको तत्परता र प्रयासप्रति कृतज्ञता व्यक्त गरेको छ।

त्यस्तै, प्रभावित जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपत्कालीन सूचना जारी गर्ने तथा उद्धार र राहत उडानको समन्वय गर्ने सरकारको पहलको नाडाले प्रशंसा गरेको छ। निजी क्षेत्रलाई समेत विपद् व्यवस्थापनमा सहयोग गर्न गरिएको सरकारी आह्वानप्रति नाडाले समर्थन जनाएको छ।

यसैबीच, विपद् नाडा अटो शो २०२६ सञ्चालन भइरहेका बेला आएको भए पनि काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालन हुने नाडाले स्पष्ट पारेको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्को सामना गर्नुपर्ने आवश्यकता रहेको भन्दै नाडाले आर्थिक गतिविधि र राहत प्रयासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ।

नाडाले सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्दै विपद् सामना गर्न सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.