काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे बैठक बस्ने तय भएको हो।
बैठकमा छलफल हुने विषय तथा एजेन्डाबारे भने हालसम्म केही सार्वजनिक गरिएको छैन। बैठकले समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा आवश्यक निर्णय गर्न सक्ने बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।