प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सरकारको निर्णय
काठमाण्डौ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो।

